२५ भाद्र, २०८१
तिजको अवसरमा मातृभूमि पार्टीको निशुःल्क पानी वितरण
काठमाडौं - भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमासहित देशका विभिन्न शिव मन्दिरहरुमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेका छन् ।
राष्ट्रिय मातृभूमि पार्टी जिल्ला कार्य समिति काठमाडौंद्वारा आज पशुपतिमा भक्तजनहरूलाई निशुःल्क खानेपानी वितरण गरिएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा पार्टीले खानेपानी वितरण गरेको हो ।
‘हिन्दु धर्मको परम्परा अनुसार हरितालिका तीजको दिन बर्त बस्नु भएका दिदि, बहिनी, आमाहरुले पानी पनि खानु हुँदैन भन्छन् । तर जो पानी खाएर पनि बर्त बस्न सकिन्छ भन्ने सोच राख्नु हुन्छ वहाँहरुलाई र यहाँ पाल्नुहुने सम्पुर्णलाई पानी खुवाउने लक्ष्यका साथ आज यो कार्यक्रम आयोजना गरिएको’ आयोजक राजु विशंखले बताए । त्यस्तै पार्टीका काठमाडौं जिल्ला अध्यक्ष केशवराज भट्टराईले आयोजित कार्यक्रमलाई पार्टीका तर्फबाट सहयोग गर्नु भएको थियो । यसका साथै ब्रतालु महिलाहरुका लागि विभिन्न ब्यक्ति, संघ–संस्थाले पनि आ–आफ्नो तर्फबाट सहयोग गरेका छन् ।
पञ्चमीका दिन सप्तऋषिको पुजा गरिसकेपछि तिजको कार्यक्रम बिसर्जन हुने परम्परा रहि आएको छ ।
